१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजमा वाणिज्य बैंकको ब्याजदर बढ्ने, निक्षेपमा राख्दा कति पाइन्छ ब्याज?

३० भाद्र २०७९, बिहीबार ०७:५७

भदौ ३०, काठमाडौँ | असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन्। विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरुले असोज महिनामा भने बढाउने निर्णय गरेका हुन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गत फागुन महिनादेखि ब्याजदरमा गरेको भद्र सहमति तोड्दै असोज महिनामा व्यक्तिगत मुद्धतिको ब्याजदर १२.०३ प्रतिशत कायम निर्णय गरेको हो। यसैगरी, संस्थागत मुद्धतितर्फको ब्याजदर पनि १०.०३ प्रतिसतसम्म पुग्ने नेपाल बैंकर संघले जानकारी दिएको छ। 


नेपाल बैंकर संघका कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माका अनुसार वाणिज्य बैंकहरुले गत भदौको तुलनामा असोज महिनामा मुद्धति निक्षेपको औसत ब्याजदर (११.०३) प्रतिशतको १० प्रतिशतले बढाएर १२.०३ प्रतिशतसम्म पुर्‍याउन सकिने निर्णय भएको छ। 

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्धति निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए।

वाणिज्य बैंकले चैत, वैशाख, जेठ, असार, साउन र भदौ महिनामा सोही दरमै आफ्ना निक्षेपकर्तालाई ब्याज दिएका थिए। अब असोज महिनामा भने १२.०३ प्रतिशत ब्याजदर दिने सहमति गरिएको शर्माले जानकारी दिए। 

यसैगरी, असोजमा रेमिट्यान्स मुद्धति निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर बैंकहरुले दिन सक्नेछन्। यद्यपि, बैंकर संघले बैंकको ब्याजदर बढाउन सकिने निर्णय गरे पनि बैंकहरुले आफ्नो इच्छा अनुसार ब्याजदर बढाउने वा नबढाउने निर्णय गर्न पाउने बैंकर संघका सिईओ शर्मा बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट