२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजमा वाणिज्य बैंकको ब्याजदर बढ्ने, निक्षेपमा राख्दा कति पाइन्छ ब्याज?

२०७९, ३० भाद्र बिहीबार ०७:५७

भदौ ३०, काठमाडौँ | असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन्। विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरुले असोज महिनामा भने बढाउने निर्णय गरेका हुन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गत फागुन महिनादेखि ब्याजदरमा गरेको भद्र सहमति तोड्दै असोज महिनामा व्यक्तिगत मुद्धतिको ब्याजदर १२.०३ प्रतिशत कायम निर्णय गरेको हो। यसैगरी, संस्थागत मुद्धतितर्फको ब्याजदर पनि १०.०३ प्रतिसतसम्म पुग्ने नेपाल बैंकर संघले जानकारी दिएको छ। 


नेपाल बैंकर संघका कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माका अनुसार वाणिज्य बैंकहरुले गत भदौको तुलनामा असोज महिनामा मुद्धति निक्षेपको औसत ब्याजदर (११.०३) प्रतिशतको १० प्रतिशतले बढाएर १२.०३ प्रतिशतसम्म पुर्‍याउन सकिने निर्णय भएको छ। 

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्धति निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए।

वाणिज्य बैंकले चैत, वैशाख, जेठ, असार, साउन र भदौ महिनामा सोही दरमै आफ्ना निक्षेपकर्तालाई ब्याज दिएका थिए। अब असोज महिनामा भने १२.०३ प्रतिशत ब्याजदर दिने सहमति गरिएको शर्माले जानकारी दिए। 

यसैगरी, असोजमा रेमिट्यान्स मुद्धति निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर बैंकहरुले दिन सक्नेछन्। यद्यपि, बैंकर संघले बैंकको ब्याजदर बढाउन सकिने निर्णय गरे पनि बैंकहरुले आफ्नो इच्छा अनुसार ब्याजदर बढाउने वा नबढाउने निर्णय गर्न पाउने बैंकर संघका सिईओ शर्मा बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन