भदौ ३०, काठमाडौँ | अनधिकृत भौतिक संरचना भत्काउे क्रममा काठमाडौ महानगरपालिकाको टोलीले बिहीबार जय नेपाल हल पुगेको थियो । महानगरले नक्साअनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पाउन्डभित्र डोजर चलाएको थियो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।
महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।
