२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकर्मा पूजा किन गरिन्छ ? यस्तो छ रहस्य

२०७९, १ आश्विन शनिबार ०६:४९

असोज १, काठमाडौँ | आज असोज  १ गते भगवान विश्वकर्माको जन्म दिन हो । हिन्दु संस्कृतिमा उनलाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदि बन्द गरेर सबै मेसिन र औजारहरुको पूजा गरिन्छ । भगवान विश्वकर्मा भगवान ब्रम्हदेवका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण विश्वकर्माले गरेको मानिन्छ। 

विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । हिन्दु धर्ममा विश्वकर्मालाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।

विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे । त्यसैले उनी देवताका पनि आदरणीय थिए ।

के गरे विश्वकर्माले ?

इन्द्रको सर्बाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । सास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रम्हालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।

के छ महत्व ?

देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि ब्यक्तिले विहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, पानी तान्ने मोटर,मिल अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै ब्यक्तिहरुका लागि देवता हुन् ।

यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि दैनिक रुपमा बढिरहेको छ । पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घर घरमा उनको पूजा हुन थालेको छ ।

विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिदैन भन्ने मान्यता छ । 

भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन