२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाल मोहम्मद हत्या प्रकरणः मुख्य योजनाकार भारतीय

२०७९, ४ आश्विन मंगलवार ११:४८

असोज ४, काठमाडौँ | कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद बस्ने घर नजिकै एउटा गेष्ट हाउस छ । सो गेष्ट हाउस हो–‘कोशीपारी गेष्ट हाउस एण्ड होटल ।’ ३० भदौमा साँझ एकजना मानिस सो गेष्ट हाउसमा पाहुना बनेर गएका थिए । तिनै पाहुनाले करिब २ सय मिटर पर ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट उद्योग चलाउने ५८ वर्षका लाल मोहम्मदको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


गेष्ट हाउसमा पुगेका पाहुना हुन्– ‘जितेन खान ।’ गेष्ट हाउसको लगबुकमा उनले सो नाम इन्ट्री गराएका छन् । लगबुकमा इन्ट्री गराएको नाम वास्तविक हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिबिजी मोटरसाइकल चढेर गेष्ट हाउसमा पुगेका जितेनले नै लाल मोहम्मदको हत्या योजना बनाएका हुन् । भदौ ३० देखी रेकी गरेका उनले असोज ३ मा सुटर बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गेष्ट हाउसमा बसेर निगरानी गर्ने पुरुष नै मुख्य योजनाकार हुन् । भारतको नयाँ दिल्ली घर भएका उनी लामो समयदेखि नेपाल बस्दै आएको थाहा भएको छ ।

मुख्य योजनाकार र लाल मोहम्मदको बिचमा आर्थिक कारोबार रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आपराधिक पृष्ठभूमि भएका मोहम्मद जाली नोट कारोबारीलाई गोली प्रहार गरेको आरोपमा  १० वर्ष जेल बसेर निस्केका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका मोहम्मद हत्यामा संलग्न मुख्य योजनाकार प्रहरीको खोजी सूचीमै थिए । करिब १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटमा संलग्न भएको आशंकामा प्रहरीले उनलाई खोजिरहेको थियो । हुण्डीको सो रकम लुटेर उनी फरार भएका थिए । सो रकम हुण्डीको भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

‘मुख्य योजनाकार मृतकको बिचमा आर्थिक कारोबार पनि भएको देखिएको छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने–‘सुटर मगाएर योजनाबद्ध हत्या गरेको देखिन्छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन