२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ !

२०७९, ५ आश्विन बुधबार ०६:५२

असोज ५, सुर्खेत | पटक-पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका –१३ कुदुमा लिफ्टमार्फत् सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । २ करोड ८० लाख रुपैयाको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्‍याइएकाे हाे । 


भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षायाममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य बस्तुको उत्पादनमा वृद्धिहुने अपेक्षा लिइएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्टमार्फत् तानेर गाउँमा पानी पुर्‍याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । 

२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ । ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने लक्ष्य राखिएको  कार्यालय प्रमुख शाहीको बताए । ९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ । 

वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउँदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतपाती गर्न पाउने भएपछि खुसी भएको स्थानीयवासी जगत बस्नेतले बताए  । ११० हेक्टर जमिनमा भेरीको पानीबाट प्रयाप्त सिँचाइ पुर्‍याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ । 

यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरुको आलोचना भइरहेको थियो । खानेपानी लागि समेत कुदुमा काम जारी रहेको छ । जिल्लाको सबै भन्दा ठुलो फाँटको रुपमा कुदुलाई लिइन्छ । छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन् । सहरीकरणको अभ्याससमेत तीव्र रुपमा विकास हुन थालेको छ ।

छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहँदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ ।  जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुईवटा सडकसँग जोडिएको छ । पानीको दु:ख हुन्छ भन्दै छोरी र बुहारीसमेत लिन र ल्याउन धौ-धौ पर्ने यहाँका स्थानीयासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुसी लागेको कुदुका प्रविण बटालाले बताए । कुदुमा पिउने पानीको लागिसमेत करोडौँको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन