१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेरीको पानीबाट लिफ्ट गरी कुदुमा सिँचाइ !

५ आश्विन २०७९, बुधबार ०६:५२

असोज ५, सुर्खेत | पटक-पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका –१३ कुदुमा लिफ्टमार्फत् सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । २ करोड ८० लाख रुपैयाको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्‍याइएकाे हाे । 


भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षायाममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य बस्तुको उत्पादनमा वृद्धिहुने अपेक्षा लिइएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्टमार्फत् तानेर गाउँमा पानी पुर्‍याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । 

२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ । ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने लक्ष्य राखिएको  कार्यालय प्रमुख शाहीको बताए । ९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ । 

वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउँदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतपाती गर्न पाउने भएपछि खुसी भएको स्थानीयवासी जगत बस्नेतले बताए  । ११० हेक्टर जमिनमा भेरीको पानीबाट प्रयाप्त सिँचाइ पुर्‍याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ । 

यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरुको आलोचना भइरहेको थियो । खानेपानी लागि समेत कुदुमा काम जारी रहेको छ । जिल्लाको सबै भन्दा ठुलो फाँटको रुपमा कुदुलाई लिइन्छ । छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन् । सहरीकरणको अभ्याससमेत तीव्र रुपमा विकास हुन थालेको छ ।

छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहँदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ ।  जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुईवटा सडकसँग जोडिएको छ । पानीको दु:ख हुन्छ भन्दै छोरी र बुहारीसमेत लिन र ल्याउन धौ-धौ पर्ने यहाँका स्थानीयासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुसी लागेको कुदुका प्रविण बटालाले बताए । कुदुमा पिउने पानीको लागिसमेत करोडौँको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट