१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष खकुरेलले गरे काठमाडौं ८ (ख) बाट उम्मेदवारी दिने

५ आश्विन २०७९, बुधबार ०७:४५

असोज ५, काठमाडौं | नेपाल कस्मेटिक संघका उपाध्यक्ष मच्छिन्द्र खकुरेलले आगामी ४ मंसिरमा हुने निर्वाचनमा बाग्मती प्रदेशअन्तर्गत काठमाडौं ८ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

अहिलेसम्म कुनै पनि दलले मुलुकको हित हुने गरी परिवर्तनको पक्षमा काम गर्न नसकेको दावी गर्दै अबको नेतृत्व राम्रो भिजन भएका व्यक्तिले लिनुपर्ने स्थितिलाई विचार गर्दै आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको उनले बताए ।


‘नेपाली जनतामा खुसी, शान्ति र दिगो समृद्धिका बहुआयामिक पक्षलाई व्यवस्थित तवरले अघि बढाउने मान्यतासहित प्रदेश सभामा उम्मेदवारी दिन लागेको हुँ,’ खकुरेलले भने ।

संघ र स्थानीय तह बढी प्रभावकारी भए पनि प्रदेश सरकारले जनताको मन जित्ने गरी प्रभावकारी तवरले काम गर्न नसकेकाले अहिले प्रदेश सरकारको औचित्यलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको उनको भनाइ छ । 

बाग्मती प्रदेशमा भएको विकासको सन्देश सिंगा देशभर प्रवाह हुने कारणले समेत बाग्मती प्रदेशलाई सबैभन्दा पहिले समृद्ध प्रदेशको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको खकुरेल बताउँछन् । बाग्मती प्रदेशको औद्योगीकरण, व्यापक रोजगारी सृजना, दिगो विकास एवं उद्यमशीलता, जागरणलगायतका विभिन्न क्षेत्रमा हुने कामलाई छिटो र झण्झटमुक्त तवरले कानुनी दायरामा रही सम्पादन गर्न एवं अन्य सम्बन्धित निकायमा पनि आवश्यक दबाब सृजना गर्न आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । 

२०६२ मा पर्यटन क्षेत्रमा जोडिएका खकुरेल हाल कस्मेटिक व्यवसायमा संलग्न छन् । निकट भविष्यमा स्वदेशी जडिबुटीमा आधारित गुणस्तरीय कस्मेटिक सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको योजनामा आफू रहेको खकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट