१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरका यी पाँच संकेतले तपाईंमा राम्रो प्रजनन क्षमताको संकेत गर्छ

५ आश्विन २०७९, बुधबार १०:२७

असोज ५, काठमाडौँ | किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे कुरा पनि गर्छिन् । तर केही समय पछि नै त्यहि केटीका लागि गर्भवती हुनु अत्यावश्यक चिज हुने गर्छ । उनी हरेक हालमा छिटोभन्दा छिटो आमा बन्न चाहन्छिन् । आमा बन्नु विश्वका हरेक महिलाका लागि निकै सुन्दर अनुभव हो तर योसँग धेरै चुनौती र समस्या पनि हुन्छन् ।


आजको समयमा खराब जीवनशैली र खानपानका कारण महिलाको प्रजनन क्षमतामा नकारात्मक असर परिरहेको छ जसका कारण थुप्रै महिलालाई गर्भवती हुन समस्या भइरहेको छ । यस्तै, केही महिला यस्ता पनि हुन्छन् जो निकै सजिलै गर्भवती हुने गर्छन् । यस्तोमा हामी तपाईंलाई ती पाँच संकेतबारे जानकारी दिँदै छौँ जसले तपाईं कत्तिको फर्टाइल हुनुहुन्छ भन्ने जानकारी दिन्छ ।

१. यदि तपाईंको उमेर २० देखि २५ वर्ष छ भने

विश्वभरी गरिएका अनुसन्धानमा २०–२४ वर्षको उमेरमा कुनै पनि महिलाको प्रजनन क्षमता उत्कृष्ट हुने बताइएको छ । यद्यपि, प्रजनन क्षमताको आयु सीमा सबै महिलाका लागि समान हुँदैन र यसमा अन्तर पनि हुनसक्छ । तर अनुसन्धानमा के पत्ता लागेको छ भने उमेर बढेसँगै प्रजनन क्षमता क्रमशः कम हुँदै जान्छ ।

२. महिनावारी नियमित हुँदा

हामी सबैको महिनावारीको साइकल कहिलेकाँही गडबड हुन्छ जुन सामान्य कुरा हो तर यो धेरै नै गडबड भइरहन्छ भने तनावको कुरा हुनसक्छ । यस्तै यदि तपाईंको महिनावारी नियमित छ, तपाईंको मेन्स्ट्रुलअ साइकल उत्कृष्ट छ भने तपाईं असाध्यै फर्टाइल हुनुहुन्छ भन्ने निशानी हो यो ।

३. जिन्सको सम्बन्ध

जब गर्भावस्थाको कुरा आउँछ, धेरैपटक यतिबेला भोग्नुपरेको अप्ठेरो र सहजताबारे कुरा आउँछ । तर पारिवारिक पृष्ठभूमिको आधारमा कुनै महिलाको प्रजनन क्षमताबारे अनुमान लगाउन निकै मुश्किल छ ।

४. भजाइनल डिस्चार्ज

यदि महिनावारीको साइकलको बीचमा योनीबाट सफा र कुनै दुर्गन्ध बिनाको सर्भाइकल म्युकस डिस्चार्ज हुन्छ भने यो राम्रो संकेत हो । यसको अर्थ तपाईंको सर्भिक्सले वीर्यलाई निकै सजिलै पास गर्न र इम्प्लान्टेशनमा मद्दत गर्छ र यो गर्भधारणको सुरुवाती चरणका लागि निकै आवश्यक छ ।

५. पिएमएस (प्रिमेन्स्ट्रुअल सिन्ड्रोम) का लक्षण

प्रिमेन्स्ट्रुअल सिन्ड्रोमका बेला मुड स्विङ, बारम्बार खाने इच्छा, तल्लो पेट दुख्ने, थकान, चिडचिडापन पिएमएसका लक्षण हुन् । हरेक चारमध्ये तीन महिलालाई महिनावारी हुन लाग्दा यीमध्ये कुनै न कुनै लक्षण देखिएकै हुन्छ । यो स्थिति धेरैलाई मन पर्दैन तर यो फर्टिलिटीको निशानी हो । यी लक्षणको अर्थ, तपाईंको शरीरले त्यसरी नै काम गरिरहेको छ, जुन उसले गर्नुपर्छ । यद्यपि, अति नै पीडा भयो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट