२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाको चारआली जंगलमा एमाले नेता मृत फेला

२०७९, ९ आश्विन आईतवार ११:४६

असोज ९, झापा | झापाको मेचीनगर नगरपालिका-१२ स्थित कालिझोडा नजिकैको चारआली जंगलमा एक जना मृत अवस्थामा फेला परेको छ। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ४ निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल रहेको प्रहरीले जानकारी दिए। 

चारआली जंगलमा एमाले नेता मृत फेला

मृतक पोखरेल नेकपा (एमाले)का जिल्ला सल्लाहकार हुन्। प्रहरीका अनुसार जंगलमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। 

उनले बोकेको कालो रङ्गको ब्याग छेउमै छ। 'अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले हत्या नभई उनले आत्महत्या गरेको देखिन्छ,' डीएसपी पाठकले भने,  शरीरमा कुनै चोटपटक छैन, शव नजिकै विषको बट्टा भेटिएको छ।' 

शवबाट विषको गन्ध पनि आइरहेको उनले बताए। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको र पोस्टमार्टमपछि परिवारजनले शव जिम्मा लिइसकेका छन्। 

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा खुल्ने उनले बताए। उनी इलाम जाने भनेर चार दिनअघि घरबाट निस्किएको परिवारजन बताउँछन्। 

उनको आइतबार अपराह्न ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन