१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्याकमेलिङ’ सहन नसकेर शिक्षकको हत्या, एक युवती पक्राउ

१० आश्विन २०७९, सोमबार ०७:०४

असोज १०, ओखलढुंगा | शिक्षकको हत्या गरेर फरार २२ वर्षीया छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो। उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ। 


कोठामा बस्दै आएका ठाकुर गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार ठाकुरलाई कुटपिट गरेर नाक, मुखबाट रगत आएको र घाँटीमा गम्छाले बाँधेर मुख थुनेको अवस्थामा फेला परेकाले हत्या भएको भन्ने तथ्य फेला पारेपछि अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित छलमायालाई घरबाटै पक्राउ गरिएको  प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक शिक्षक र धमला केही समयदेखि एकअर्काप्रति चिरपरित थिए । ठाकुरले बारम्बार उनीसँग अश्लिल म्यासेज गर्ने, कुराकानी गर्ने, परिवारका सदस्यलाई समेत निरन्तर अश्लिल सन्देश लेखेर पठाएर मानसिक तनाव दिने गरेको आरोपित युवतीको भनाइ छ। यही कारण उनीहरुको बीच विवाद बढेको र अन्तमा घटना हत्यासम्म पुगेको प्रहरीको अनुमान छ। 

पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । उक्त शिक्षकले आफूलाई विभिन्न ब्ल्याकमेल गर्न खोजेपछि आफूले शिक्षकको कोठामै गएर घटना घटाएको पक्राउ परेकी महिलाले बताएको प्रहरीले जानकारी दिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट