१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम धिमाललाई अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड

१० आश्विन २०७९, सोमबार ११:००

असोज १०, काठमाडौँ । नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर, २०२२ मा अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केलमा उनलाई सम्मान गरिनेछ ।


यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यसअघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाए पनि ती तस्बिरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए । धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्षसमेत हुन् । 

धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन÷फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । अहिले १९औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिर सबमिशन प्राप्त गर्दछ ।

मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गरिरहेका छन् । हाल उनले स्वदेशी फिल्म निर्माणमा समेत पाइला चालेका छन् ।

उनले बीबीसी वान, फक्स, र डिस्नेसँगै रेड बुल, नेस्टी, कोकाकोला, पानासोनिक, भिक्स, निप्पन पेन्टस, सामसोनाइट, डोसान, किलगोगसलगायतका ब्राण्डसँग सहकार्य गरिसकेका छन् ।

अवार्ड आयोजकका अनुसार, व्यावसायिक विधाका १३ विजेताहरूले प्रत्येकले नगद पुरस्कार र न्यूयोर्क शहरमा लुसी अवार्ड्स गालामा भाग लिन दुईवटा टिकटहरू प्राप्त गर्नेछन् । अवार्डमा द इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक वर्ग), वर्षको खोज (गैर–व्यावसायिक वर्ग), इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक श्रेणी) को विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४ लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, डिस्कभरी अफ द इयर (गैर–व्यवसायिक) विधाका विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४५ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट