२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी

२०७९, ११ आश्विन मंगलवार ०९:४३

असोज ११, गोरखा | चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ । 

कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । 


पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका–१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल काठमाडौंमा ल्याइएको हो । 

सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा सहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ । पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भईरहेको छ । 

प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन