१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्सालको क्राउन प्लाजा होटलमा शंकास्पद घटना: जलेर युवतीको मृत्यु, २ जना पक्राउ

२६ आश्विन २०७९, बुधबार ०९:३४

असोज २६, काठमाडौं । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको शरीरमा आगो लागेर मृत्यु भएको खुलेको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई  प्रक्राउ गरिएको हो। उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ। मैनाली भन्छन्, 'घटना शंकास्पद देखिन्छ। सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन। अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं।'

युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा प्रेटोल छर्किएर आगलागी भएको खुलेको छ। 

चावहिल बस्दै आएकी खनाल सोमबार दिउस २ बजेतिर केशव रिजालसँग होटलमा पुगेकी थिइन्। होटलको कोठामा पुगेको आघा घण्टामा नै केही पड्किएको जस्तो आवाज आएको र होटल कर्मचारीले गएर हेर्दा खनालको शरीर जलिरहेको थियो। होटल क्राउन प्लाजाको कर्मचारी दिपक थापाका अनुसार  युवायुवती होटल रुममा पुगेको केही समयमा नै घटना घटेको हो। 

उनले भने, 'भित्र के भयो हामीलाई थाहा भएन। आगो लागेपछि युवती आफैं हिंडेर तल आएकी र ट्याक्सीमा चढेर युवकसँगै गएको हामीले देखेका हौं। युवतीको शरीरमा आगो लागेको भएर के भयो भन्ने सोधखोज गर्न पाएनौं।' उक्त समयमा होटलको डिउटीमा पदम श्रेष्ठ भएको बताउँदै थापाले कर्मचारी  श्रेष्ठ पनि प्रहरी हिरासतमा भएकाले घटनाको बारेमा धेरै जानकारी नभएको बताए। 

प्रहरीका अनुसार रिजाल र खनाल प्रेमी प्रेमिका भएको र आपसी असमझदारी भएर आवेसमा प्रेटोल छर्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीली जानकारी दिए । युवतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर