१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, बढीमा २ वटा मात्र लिन पाइने

२८ आश्विन २०७९, शुक्रबार ०५:५०

असोज २८, काठमाडौं | अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेको हो । 

योसँगै सिमकार्ड लिन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ । अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा एक व्यक्तिलाई एउटा मोबाइल सेवा प्रदायकबाट बढीमा दुई वटासम्म सिमकार्ड लिने व्यवस्था मिलाइने प्राधिकरणले जनाएको छ। 

यसका लागि प्राधिकरणले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टमसँग प्राधिकरणको सिस्टम र एमडीएमएसलाई जोड्न लागेको छ। 

अब सिमकार्ड लिन आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर भन्नुपर्ने र त्यही नम्बर राखेर मोबाइल सेवा प्रदायकले सिमकार्ड दिन मिल्ने वा नमिल्ने प्रारम्भिक निर्णय गर्ने प्राधिकरणले जनाएको छ । 

सिमकार्ड दिन मिल्ने भएमा त्यसको जानकारी एमडीएमएसमा आउनेछ । प्राधिकरणले आगामी मंसिर १ गतेबाट पूर्ण रुपमा एमडीएमएस प्रणाली कार्यान्वयनमा लैजाने तयारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर