असोज ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट देशले एक अभिभावक गुमाएको बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले अथक श्रष्टा एवम् अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ । उहाँले सत्यमोहन जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभएको छ ।
संस्कृतिविद् सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा बिहान निधन भएको हो ।