२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइटिकाको उत्तम साइत सार्वजनिक, कुन देशमा कति बजे ?

२०७९, ३१ आश्विन सोमबार ०९:४७

असोज २८, काठमाडौं | दशै सकिएलगत्तै तिहारको रौनक शुरु भइसकेको छ । अब अर्को साताबाट तिहार शुरु हुँदैछ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ । समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि जानकारी गराएको छ ।


हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो । स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएकाले भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको समितिले जनाएको छ ।

गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११:५१ बजे, देहली, भारतका लागि बिहान १०:४५ बजे शुभ साइत तोकेको छ । त्यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटन डीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ भने क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे रहेको समितिले जनाएको छ ।

यसैगरी टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०: ३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहाना १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै इजरायलमा पनि अक्टोबर ५ मा बिहान १०:२७ बजे, म्यानमारमा बिहान ९:५५ बजे टीकाको शुभ साइत रहेको जनाइएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन