१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइटिकाको उत्तम साइत सार्वजनिक, कुन देशमा कति बजे ?

३१ आश्विन २०७९, सोमबार ०९:४७

असोज २८, काठमाडौं | दशै सकिएलगत्तै तिहारको रौनक शुरु भइसकेको छ । अब अर्को साताबाट तिहार शुरु हुँदैछ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ । समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि जानकारी गराएको छ ।


हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो । स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएकाले भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको समितिले जनाएको छ ।

गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११:५१ बजे, देहली, भारतका लागि बिहान १०:४५ बजे शुभ साइत तोकेको छ । त्यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटन डीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ भने क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे रहेको समितिले जनाएको छ ।

यसैगरी टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०: ३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहाना १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै इजरायलमा पनि अक्टोबर ५ मा बिहान १०:२७ बजे, म्यानमारमा बिहान ९:५५ बजे टीकाको शुभ साइत रहेको जनाइएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन