१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली दाँत अड्किएर महिलाको मृत्यु

३ कार्तिक २०७९, बिहीबार ०६:०३

कात्तिक ३, काठमाडौँ | एजेन्सी | ४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी ४८ वर्षकी मारिया फारियाज गुजम्यानले डाक्टरको यो सुझावको पालना गरिनन् । अडिटी सेन्ट्रलका अनुसार ती महिलाले आफ्नो नक्कली दाँत लिएर सुत्न गइन् । निदाएका बेला उनको त्यो नक्कली दाँत घाँटीमा गएर अड्कियो । मारियाको परिवारका सदस्यले पछि डाक्टरसँगको कुराकानीमा ती महिलाको कोठाबाट अचम्मको आवाज आइरहेका कारण के भइरहेको छ भनेर हेर्न जाँदा उनको सास रोकिएको देखेको बताए ।

त्यसपछि उनलाई नजिकैको हस्पिटल डेल सर लगियो जहाँ डाक्टरले उनको घाँटीमा अड्किएको वस्तु निकाल्न कोसिस गरे तर उनीहरुको कोसिस विफल भयो । उनलाई डाक्टरले मृत घोषित गरे ।

‘महिलालाई अस्पताल ल्याउँदा उनले कुनै महत्वपूर्ण लक्षण देखाइरहेकी थिइनन् । डाक्टरले उनको श्वासनली खाली गर्ने विभिन्न जुक्ति निकाले तर उनले कुनै पनि प्रतिक्रिया दिइनन्,’ क्विन्डियो प्रहरी विभागका कोरोनेल विलियम अल्बर्टो जुबिटा पारडोले पत्रकारसँगको कुराकानीमा भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन