कात्तिक ६, काठमाडौँ | अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्डस्’ को कार्यालयबाट नेपाल आएलगत्तै सार्वजनिक गरे ।

पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाइ दिँदै नयाँ विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनेटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर उनले उक्त कीर्तिमान कायम गरेका हुन् ।
शर्माले यस अघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो वर्ल्ड रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै कीर्तिमान राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु’, उनले त्यस अवसरमा भने । उनी ‘मेमोरी किङ’को नामले पनि परिचित छन् ।