कात्तिक ८, काठमाडौँ | काठमाडौँमा सोमबार साँझ आगलागी भयो । बालाजु लोलाङ हाइटमा रहेको बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
लिला बहादुर कार्कीले संचालन गरेका बेम्बो नियाशा सुज फ्याक्ट्रिमा आगलागी भयको हो । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरीले बताए ।
जुत्ता कारखानाबाट सल्केको आगोका कारण सो घरमा संचालित गोरखाली रेष्टुरेण्ट र मोटरसाइकल वर्कशपमा क्षति पुगेको छ । सुरक्षाकर्मीले ४ वटा दमकल र आधा दर्जन ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘दिपावली गरेर घरमा पूजा गर्न जाँदा दीयाेबोट आगो सल्किएर दुर्घटना भएको देखियो ।’