कात्तिक ८, काठमाडौँ | चितवनभरतपुरको चितवन मेडिकल कलेजनजिकै सडकमा शंकास्पद बस्तु भेटिएको छ।
प्रहरीका अनुसार भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा दिउँसो साढे दुई बजेतिर शंकास्पद बस्तु भेटिएको हो।

उक्त बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले राजमार्ग सिल गरेर सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइरहेको छ।
शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ। डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले बताए।