१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा दुर्घटना गराएर एक नेपालीको मृत्यु गराएका भारतीय युट्युबर कहाँ छन् ?

९ कार्तिक २०७९, बुधबार ०४:०८

कात्तिक ९, काठमाडौँ । धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराउने भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

चितवनबाट काठमाडौंतर्फ आउँदै गर्दा भारतीय युट्युबर सिंहले चलाएको भारतीय नम्बर प्लेटको एमएच–१–सिडब्लु ५९७१  को मोटरसाइकलले मंगलबार धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजना बृद्धलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गजुरी नगरपालिका–१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धितालको मृत्यु भएको थियो । 

पैदल यात्री बृद्धको दुर्घटनामा ज्यान गएपछि उनलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

युटुवमा झन्डै २९ लाख सब्स्क्राईब भएका प्रभाज्वत ख्यातिप्राप्त भ्लगर हुन् । उनको युटुबमा मोटरसाइकल स्टन्ट सम्बन्धि अधिकांश भिडियोहरु अपलोड भएका छन् । नेपाल आउनु अघि उनले बनाएको भ्लगमा दुई बाइकमा उनिहरु नेपाल आएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन