१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्ली जान लागेको निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोक्यो

१३ कार्तिक २०७९, आईतवार ०९:०८

कात्तिक १३, काठमाडौँ | नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए-२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो ।

आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा आफैँ गएर उडान रोकिदिएको ठाकुरले बताए ।

नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौँबाट हुने उडान कटौती गरेको छ । उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताए । 

बोर्डिङ पास जारी भइरहेको थाहा पाएपछि रोकेको बताउँदै ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेको ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन