१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’ को छायांकन

१३ कार्तिक २०७९, आईतवार १२:०४

कात्तिक १३, रुपन्देही | अभिनेता अल्लु अर्जुनको हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरेका छन् । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो । अहिले आएर फिल्मको छायांकन सुरु भएको छ ।


निर्देशक सुकुमारले फिल्म ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै फिल्मको छायांकन सुरु गरेका हुन् । जसको तस्बिर समेत सामाजिक सञ्जालबाट बाहिरिएका छन् । फिल्मको छायांकार मिरोस्ला कुबा ब्रोजेक रहेका छन् । जसले फिल्मको अघिल्लो सिक्वेल ‘पुष्पा द राइज’ पनि छायांकन गरेका थिए ।

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर ‘पुष्प द राइज’को सफलतामा अल्लु अर्जुनका हिन्दी भाषी फ्यानहरूले ठूलो भूमिका खेलेका थिए । जसले स्याटेलाइट च्यानलहरू र युट्युब च्यानलहरूमा उनका तेलुगु फिल्महरूको हिन्दी डब संस्करणहरू हेरिरहेका थिए ।

अल्लु अर्जुन ‘पुष्प द राइज’ को प्रि–प्रोडक्सनदेखि रिलिजपछिको प्रचार प्रसारमा सक्रिय थिए । यो पटक पनि उनी ‘पुष्पा द रुल’ निर्माणमा हरेक तहको चासो लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन