१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’

१६ कार्तिक २०७९, बुधबार ०५:२१

कात्तिक १६, काठमाडौँ | बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोग झुटो भएको बताएका छन् । उजुरीकर्ता किशोरीले कसैको उक्साहटमा आफूमाथि अभियोग लगाएको उनको दाबी छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा बलात्कारको अभियोग दर्ता गरेपछि मंगलबार इजलाससमक्ष उनले आफूमाथि लागेको आरोप झुटो भएको बताए ।


जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बयानका क्रममा सन्दीपले आफ्नो बचाउ गरेको उनका वकिलले जानकारी दिए । उनले इजलासमा पीडित भनिएकी युवतीको जन्मदर्ताको विषयसमेत उठाएका छन् । जन्मदर्ता कि नागरिकता प्रमाणपत्र केलाई आधार बनाएर मुद्दा दर्ता गरिने हो भन्ने विषयमा सन्दीपले बयानका क्रममा भनेका छन् । अब उनको मुद्दामा थुनछेक बहस भोलि बुधबारदेखि सुरु हुनेछ ।

१७ वर्षकी एक किशोरीले सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप ती किशोरीले लगाएकी थिइन् । अदालतले बुधबार थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । 

१७ वर्षकी एक किशोरीले सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन