१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई कोरियाबीच सीमामा मिसाइल हानाहान

१६ कार्तिक २०७९, बुधबार ०६:४४

कात्तिक १६, काठमाडौँ | उत्तर र दक्षिण कोरिया दुवैले पहिलो पटक आफ्नो सामुद्रिक सीमामा मिसाइल प्रहार गरेका छन् । प्योङयाङले आफ्नो पूर्वी शहर सोक्चोबाट ६० किलोमिटरको दूरीमा मिसाइल प्रहार गरेको तीन घण्टापछि बुधबार दक्षिणले जवाफी कारबाहीका रुपमा मिसाइल हानेको हो ।

सियोलले यसरी मिसाइल हान्नु आफ्नो सीमा क्षेत्रको अस्वीकार्य उल्लङ्घन भएको भनेको छ । उत्तरले हानेको मिसाइलको जवाफमा दक्षिणले तीनवटा हावाबाट जमिनमा मार हान्ने मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले हानेको मिसाइल सीमा क्षेत्रको जति नजिक थियो त्यति नै नजिक दक्षिणले पनि मिसाइल हानेको अधिकारीहरुले बताएका छन् ।


उत्तरले बुधबार कम्तीमा १० वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले यस हप्ता गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा मिसाइल प्रहार गरेको हुनसक्ने ठानिएको छ ।

एउटा मिसाइल बुधबार बिहान कम्तीमा ९ बजे भन्दा अघि प्रक्षेपण गरिएको र सीमाबाट लगभग २६ किलोमिटर दक्षिणमा खसेको बताइएको छ । दक्षिण कोरियाको सोक्छो सहरको ५७ किलोमिटर पूर्व र उल्लेउंग टापुको १६७ किलोमिटर उत्तरपश्चिममा खसेको थियो ।

उत्तर कोरियाले मिसाइल हानेसँगै खतरा बढेर उल्लेउंगका बासिन्दाहरूलाई भूमिगत सुरक्षित स्थानमा जान भनिएको थियो। तत्कालै दक्षिण कोरियाली र जापानी अधिकारीहरूले प्योङयाङबाट भएको यो गतिविधिको निन्दा गरेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले यसलाई प्रभावी क्षेत्रीय आक्रमण भन्दै छिटो र दृढ प्रतिक्रिया दिने भनेका थिए । दक्षिणमा अमेरिकासँग सैन्य गतिविधि बढेसँगै उत्तर कोरियो यस वर्ष ५० भन्दा बढी मिसाइल प्रहार गरिसकेको छ ।

उत्तर कोरियाले सन् २०१७ यता फेरि अर्काे शक्तिशाली आणविक हतियार प्रक्षेपण गर्न सक्ने चिन्ता गरिएका बेला कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन