१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको बटमलाइन चुनावपछि देउवा नै प्रधानमन्त्री : प्रवक्ता महत

१६ कार्तिक २०७९, बुधबार १०:०५

कात्तिक १६, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको बटमलाइन चुनावपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने रहेको बताएका छन् ।

बुधबार रिपोर्टर्स् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महतले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने भएकाले त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने बताएका हुन् ।

कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महतले  १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चित रूपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।

केपी ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।​

उनले एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन