१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा : चितवनलाई आर्थिक राजधानी बनाउने

१७ कार्तिक २०७९, बिहीबार ०८:०३

कात्तिक १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनलाई आर्थिक राजधानी बनाउने वाचा गरेको छ । बिहीबार आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले चितवनलाई आर्थिक राजधानी बनाउने प्रस्ताव अघि सारेको हो । 


चितवन-२ बाट रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । त्यसैले पनि चुनावी घोषणापत्रमा पार्टीले चितवनलाई विशेष प्राथमिकताका साथ राखेको देखिन्छ । वाचापत्रमा भनिएको छ, 'चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति,ऊर्जा आदि विभिन्न पक्षहरूलाई उच्च प्राथमिकता दिई काम गरिन्छ ।'

त्यसका लागि जोनिङ पद्धतिमार्फत चितवन सहरी योजनाको सुरुवात गरिने रास्वपाले जनाएको छ । त्यस्तै २५० मेगावाटको सोर्य ऊर्जा प्लान्ट स्थापना गरिने, वार्षिक एसिया व्यवसाय कन्फरेन्स गरिने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गरिने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन