२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँखा फर्फराउनु के साँच्चिकै शुभ-अशुभको संकेत हो त ? यस्तो छ वास्तविकता

२०७९, १७ कार्तिक बिहीबार १०:५७

कात्तिक १७, काठमाडौँ | धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसगुन  हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ ।


यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ । महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ ।

क) आँखामा समस्या

आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ । लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।

ख) तनाव

कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ । तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ । तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ ।

ग) थकान

अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ । यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ ।

घ) सुख्खापन

आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ ।

कसरी रोक्ने त ? 

  • टन्न पानी पिउनुहोस् । 
  • पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । 
  • अनि आँखाको मसाज गर्नुहोस् । 
  • आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । 

एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन