१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

१७ कार्तिक २०७९, बिहीबार ११:२९

कात्तिक १७, काठमाडौँ | क्रिकेटर सन्दिप लामिछाने विरुद्धको करणी मुद्दाको थुनछेक बहस बिहीबार पनि सकिएन।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो।


बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका छन्। हिजो २ जनाले सन्दिपका तर्फबाट बहस गरेका थिए। शुक्रबार निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश आउनेछ।

अहिले लामिछानेलाई थुनाबाहिर रहेर मुद्दा लड्न दिने किन थुनामै राख्ने भन्ने विषयमा बहस केन्द्रित भएको छ।

वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा, सरिता भण्डारी र रमणकुमार श्रेष्ठसहितका कानुन व्यवसायीले उनेको पक्षमा बहस गरेका छन्।

सन्दीपविरुद्ध उमेर नपुगेकी किशोरीलाई प्रभावमा पारी करिणी गरेको अभियोगमा सन्दिप विरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ।

लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन