जिल्ला अदालत काठमाडौं"/>
जिल्ला अदालत काठमाडौं"/>
कात्तिक १८, काठमाडौं | किशोरी बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिने भएको छ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै लामिछानेलाई केन्द्रीय कारागार सुन्धारामा राखिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।
न्यायाधीश माधव घिमिरेको इजलासले राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो।

लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासले राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई कारागार चलान गर्ने आदेश दिएको हो।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको छ।
पीडित पक्षले गत भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।