१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हप्ताअघि ग्वार्कोमा युवतीलाई ठक्कर दिएर भागेको गाडीका चालक पक्राउ

२० कार्तिक २०७९, आईतवार ०६:४१

कात्तिक २०, काठमाडौँ | ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि नियन्त्रणमा लिएको छ। 

यही कात्तिक १२ गते राति ८ बजेतिर ललितपुर महानगरपालिका-७ ग्वार्कोस्थित रिङरोडमा बाटो पार गर्दै गरेकी युवतीलाई स्कार्पियोले ठक्कर दिएको थियो। ठक्करबाट अन्दाजी २० वर्षीया युवतीको मृत्यु भएको छ। उनको सनाखत भने अझै हुन सकेको छैन। 


प्रत्यक्षदर्शीले इम्बाेस्ड नम्बर जडान भएको पछाडिको सिसामा २ वटा गोलाकार स्टिकर टाँसिएको नीलो रङको स्कारपियो गाडीले ठक्कर दिएको बताएका थिए। सोही जानकारीका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले बागमती प्रदेश बी एए ५५६३ नम्बरको स्कारपियो गाडी भएको खुलेको थियो। 

गाडीसहित चालक प्युठानको प्युठान नगरपालिका २ का ४७ वर्षीय वीरबहादुर राउतलाई शनिबार नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। उनलाई सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनामा मृत्यु भएकी युवतीको हालसम्म सनाखत नभएकाले आफन्तलाई सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन