कात्तिक २१, काठमाडौँ | संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा क्षेत्रमा हिउँ चितुवा देखिएको छ। उक्त हिउँ चितुवाको तस्बिर अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।
१२ हजारदेखि १८ हजार फीट (३ हजार ६५७ देखि ५ हजार मिटर) उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्।

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति १०३ माइल हिडेर उक्त चितुवालाई पछ्याएको उनले लेखेकी छन्।
‘मेरो क्यामेराको टेलिफोटो लेन्स हेर्दा, मैले माउन्ट पुमोरीको छायामा केही देखेँ। सुरुमा त मैले यो चट्टानको छायाँ होला भनेर सोचेको थिए, तर मैलो त ठ्याक्कै त्यो जनावर फेला पारेँ जुन मैले खोजिरको थिए ।’ उनले भनेकी छन्।

उनले ‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेको आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्।
उनी बिहान ४ बजे हिउँ चितुवाको तस्बिरलाई आफ्नो क्यामेरामा कैद गर्नका निम्ति गोरकशेपबाट निस्किएकी थिइन्।
‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ,’ उनले भनेकी छन्।

उनि वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्। उनले आफ्नो वेभसाइट मार्फत सन् २०२१ मा सगरमाथा राष्ट्रिय निकुञ्जमा गरिएको प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०२१ को तुलनामा हिउँ चितुवाको सङ्ख्या २६ प्रतिशतले बढेको निकुञ्जमा तीन सयभन्दा बढी हिउँ चितुवा रहेको समेत उल्लेख गरेकी छिन् ।
