१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई उम्मेदवार हुनबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट, दरपिठ गर्ने प्रशासनको तयारी

२१ कार्तिक २०७९, सोमबार ०९:०३

कात्तिक २१, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंसिर ४ मा हुने प्रतिनिधि सभाको उम्मेदवार हुन रोक्न आदेश माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ। कात्तिक २० मा पेश भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ। 

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले  १० वर्षसम्म चलेको द्धन्द्धमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ। 

सर्वोच्च प्रशासनले भने निर्वाचनको नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ। 

सर्वोच्चका प्रवक्ता विमल पौडेलले प्रचण्डलाई उम्मेदवार हुन रोक लगाउने खालको रिट आएको र सो अध्ययनका क्रममा रहेको बताए। अध्ययनपछि दर्ता वा दरपिठ के गर्ने निर्णय हुने उनले बताए। 

रिट हाल्ने आरण द्धन्द्धपीडित हुन्। ओखलढुङ्गाका आरणले द्धन्द्धकालमा आफ्ना पिता गुमाएका थिए। द्धन्द्धकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले द्धन्द्धको समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन