२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जवान देखिन प्लास्टिक सर्जरी गर्ने यी अभिनेता

२०७९, २२ कार्तिक मंगलवार १०:३३

कात्तिक २२, काठमाडौँ । आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्यूटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।


आमिर खान

आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन । उनी हरेक चिजमा आफ्नो पर्फेक्सन देखाउँछन् । बलिउडमा आफ्नो अभिनयको जादू देखाएका आमिर खान उमेरले भलै ५७ वर्षका भए, तर उनी अहिले पनि जवान देखिन्छन् । आमिरले अनुहारको दाग र डन्डीफोर हटाउन कस्मेटिक सर्जरी गराएका थिए ।

अक्षय कुमार

अक्षय कुमार बलिउडका फिट अभिनेतामा पर्दछन् । तर उमेर बढेसँगै उनको कपाल झर्न थालेको थियो । यसलाई रोक्न उनले हेयर ट्रान्सप्लान्टको सहारा लिए ।

रणवीर कपुर

रणवीर कपुर हालै एक छोरीको पिता बने । आलिया भट्टका पति रणवीरले आलियासँग विवाह गर्नुअघि हेयर ट्रान्सप्लान्ट गरेका थिए ।

सलमान खान

यो सूचीमा सलमान खानको नाममा पनि पर्छ । भलै सलमानले हालसम्म विवाह गरेका छैनन्, तर आफूलाई जवान र हेन्डसम देखाउन कुनै कसर बाँकी राखेका छैनन् । सलमानले हेयर ट्रान्सप्लान्टसँगै बोटक्स र चिक फिलर्स पनि गराएका छन् ।

शाहरुख खान

अभिनेता शाहरुख खानले हालै मात्र ५७औं जन्मदिन मनाए । उनी उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन । शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन् । उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन