कात्तिक २३, प्युठान | दाङ-प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पुर्णिमाको मेला हेर्न गएका प्युठान नगरपालिका-५ पातल कटेरीका यात्रु बोकेको लु १ ज ३७०७ नम्बरको जीप गए रति २:३० बजे दुर्घटनामा परेको हो ।
प्युठान नगरपालिका-५ पातल कटेरी निवासी ५२ बर्षीया मैमा घर्ती, सोही ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा र ४६ बर्षीय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । गाडी सडक देखि दुई सय मिटर तल खसेको छ ।