१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा गएको भूकम्प नयाँ हो, पराकम्प होइन : भूकम्पविद्

२३ कार्तिक २०७९, बुधबार ०७:४४

कात्तिक २३, काठमाडौँ | डोटीमा मंगलबार बेलुकी र बुधबार राति फरक-फरक समयमा तीनवटा भूकम्पका धक्का गएका छन् ।

सबैभन्दा पहिले मंगलबार राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्निच्युड र ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्पले अर्को धक्का दियो । ती दुई भूकम्पले खासै ठूलो असर पारेन । तर, मध्यरात २ बजेर १२ मिनेटमा भूकम्पले अर्को धक्का दियो जुन ६ दशमल ६ म्याग्निच्युडको थियो । जसले सुदूरपश्चिमदेखि भारतको राजधानी नयाँदिल्लीसम्म धक्का महसुस गरायो । 

खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर भत्किदा डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइतेहरुको अहिले उपचार भइरहेको छ । 


तर, शृङ्खलाबद्ध रुपमा मंगलबार बेलुकी र बुधबार बिहान डोटीमा आएका भूकम्पका तीनवटा धक्का गोरखा भूकम्पको पराकम्प होइनन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले मंगलबार राति डोटीमा गएको भूकम्पलाई २०७२ को गोरखा भूकम्पको पराकम्पका रुपमा लिन नहुने बताए । भूकम्पविद् कोइरालाले  भने,‘डोटीमा गएराति गएका धक्काहरु भूकम्पका नयाँ शृङ्खला हुन् । पराकम्प होइनन् । भूकम्पको जोखिम त सधैं भइरहन्छ ।’

झण्डै ५सय १७ वर्षदेखि गोरखा पश्चिमबाट भारतको देहरादुनसम्मका स्थानमा शक्तिशाली भूकम्प गएको छैन । ती क्षेत्रहरु भूकम्पको उच्च जोखिममा रहेका छन् । भूकम्पको जोखिम सदैव हुने गरेपनि गोरखा पश्चिमदेखि भारतको देहरादुनसम्मका स्थानहरु भूकम्पीय हिसाबले उच्च जोखिमा छन् । ती क्षेत्रहरुमा भूकम्पको शक्ति संचय भइरहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् ।   

'भूकम्पका धक्काहरुसँग सधैं सजग रहनुपर्छ तर, भर्खरै भूकम्प गएका कारण डोटी र त्यस क्षेत्रका सर्वसाधारणहरुले बढी सजगता अपनाउनुपर्छ,' भूकम्पविद् कोइरालाले बताए। भूकम्प कुन बेला, कुन समय तथा स्थानमा जान्छ भनेर अग्रिमरूपमा बताउनसक्ने प्रविधिको विकास अहिलेसम्म भएको छैन । 

वि.सं. २०७२ वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछिका सयौं परकम्पमा परी आठ हजार सात सय बढी मानिसको मृत्यु भयो ।  करिब २३ हजार पाँच सयभन्दा बढी मानिस घाइते भए । भूकम्पका कारण आठ लाख ५० हजारभन्दा बढी घर ध्वस्त वा क्षतिग्रस्त भएका थिए । विभिन्न समयमा भएका अध्ययनहरू र भूकम्पविद्हरूले गर्ने गरेका भविष्यवाणीहरूका आधारमा नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औं जोखिमपूर्ण स्थानमा छ भने काठमाडौं उपत्यका त विश्वकै जोखिमपूर्ण सहरका रूपमा रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन