१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सेली ‘क्याथोलिक चर्च’ : तीन लाख तीस हजार बाल यौन दुर्व्यवहारको शिकार

२३ कार्तिक २०७९, बुधबार १०:१८

कात्तिक २३, काठमाडौँ | फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुव्र्ययवहार भएका स्वीकार गरेको छ । अठत्तर वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुव्र्ययवहार गरेको स्वीकार गरेपछि ईश्वरका घरमा भएका ती निन्दनीय कृत्य सार्वजनिक भएका हुन् । 


‘पैतीस वर्षअघि म पादरी हुँदा १४ वर्षकी युवतीसँग मैले निन्दनीय व्यवहार गरेको थिएँ । मेरो व्यवहारले पीडितमा गम्भीर एवम् अप्रिय परिणाम निम्त्याएको छ,” उनले लिखित स्वीकारोक्तिमा भनेका छन् । उनले पीडितसँग कुरा गरेर क्षमा याचना गरेको पनि बताएका छन् । आफूबाट भएको अपराधका निम्ति उनले अन्य सबैसँग पनि माफी मागेका छन् । 

गत वर्ष एक स्वतन्त्र आयोगद्वारा जारी गरिएको   अध्ययनले बितेका ७० वर्षमा फ्रान्समा पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले तीन लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा भएपछि धार्मिक कर्तव्यबाटच्युत हुनेविरुद्ध निगरानी थालिएको छ भने गिर्जाघरहरूमा पनि नियमितरूपमा कानुन कार्यान्वयन निकायबाट अनुगमन हुने गरेको छ । 

फ्रान्सेली विशप सम्मेलनका अध्यक्ष एरिक डे मौलिन्स–ब्युफोर्टले बहालवाला विशप र पूर्वविशप, फ्रान्सेली न्याय वा चर्च अधिकारीहरूले अनुसन्धान गरेका विभिन्न घटनाहरूमा यौन दुव्र्यवहारका घटना अधिक भेटिएका बताएका छन् । बाल यौन दुव्र्यवहारका पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था पनि हुन थालेको उनले बताए । 

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटनाको अनुसन्धानमा पनि पीडितहरूको मानसिक स्वास्थ्यमा नकारात्मक नतिजा पाइएको छ । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन