२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाख ४६ हजार कर्मचारी खटिँदै

२०७९, २३ कार्तिक बुधबार ११:३८

कात्तिक २३, काठमाडौँ | निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउन लागेको हो ।


आयोगका उपसचिव कमल ज्ञवालीले आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको जानकारी दिए ।

जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेका थिए ।

सिफारिस भएका कर्मचारीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरिसकेको छ ।

‘देशभर निर्वाचनका लागि आवश्यक जनशक्ति नियुक्त भइसके, अहिले तालिम सञ्चालन भइरहेको छ,’ उपसचिव ज्ञवालीले भने, ‘कर्मचारीहरू मतदानको तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्नुपर्ने हुन्छ । त्यसअनुसार अब दुई दिनपछि कर्मचारीहरू मतदान केन्द्रतर्फ खटिनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन