१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाख ४६ हजार कर्मचारी खटिँदै

२३ कार्तिक २०७९, बुधबार ११:३८

कात्तिक २३, काठमाडौँ | निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउन लागेको हो ।


आयोगका उपसचिव कमल ज्ञवालीले आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको जानकारी दिए ।

जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेका थिए ।

सिफारिस भएका कर्मचारीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरिसकेको छ ।

‘देशभर निर्वाचनका लागि आवश्यक जनशक्ति नियुक्त भइसके, अहिले तालिम सञ्चालन भइरहेको छ,’ उपसचिव ज्ञवालीले भने, ‘कर्मचारीहरू मतदानको तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्नुपर्ने हुन्छ । त्यसअनुसार अब दुई दिनपछि कर्मचारीहरू मतदान केन्द्रतर्फ खटिनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन