कात्तिक २४, काठमाडौं | काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसुन्धरामा बुधबार ना ८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार ट्रक चालक चितवनका राम हमाल पक्राउ परेका छन् ।