२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभोर्सको कारण खोल्दै जेरीले भनिन्, ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन’

२०७९, २५ कार्तिक शुक्रबार ०८:३७

कात्तिक २५, काठमाडौँ | लोक गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीको पछिल्लो व्यवहारले उनले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको छर्लंग भएको बताएकी छन् । धेरै अगाडिदेखि आफुहरुको सम्बन्धमा चिसोपन आए पनि छोरी लगायत विभिन्न कारणले सम्बन्ध जोगाउँदै आएको प्रष्ट्याउँदै उनले दशकौँ लगाएर बनाएको इज्जतमा श्रीमान् शंकरको पछिल्लो व्यवहारले दाग लागेको बताइन् ।


बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा सम्बन्ध टुङ्ग्याएकी जेरीले डिभोर्स रहर नभएर बाध्यता भएको बताएकी थिइन् । ‘मैले कमाएको पैसा श्रीमान् र उनको आमाको नाममा राख्नुपर्ने, उनीहरुको नाममा जग्गा जमिन किन्नुपर्ने वाध्यता थियो’ उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिन भन्दा डिसकस सधैँ डिसकस हुन्थ्यो ।’ आफूले कमाएको पैसा श्रीमान् र श्रीमान्का परिवारले नपाएर नै आफ्नो सम्बन्ध डिभोर्सको स्थितिमा पुगेको जेरीले खुलाइन् ।

काठमाडौँ जिल्ला अदालतमा आधिकारिक डिभोर्सको केही क्षण अगाडि एक अनलाइन टिभीसँग कुरा गर्दै उनले श्रीमान् शंकरसँग डिभोर्स गर्नुको सबै कारण समेत खोलेकी छन् । आफ््नो डिभोर्सको कारण श्रीमान्को चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।

‘मलाई चरित्रसँग जोडेर मानसिक टर्चर समेत गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरुसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो ’ जेरीले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।’ करिब ७ वर्ष प्रेम र वैवाहिक जीवन टुङ्ग्याएकी जेरीले डिभोर्सको दिन जीवनकै खराब दिनको रूपमा लिएको बताइन् । 

‘अहिलेको सम्बन्ध टुङ्गिए पनि नयाँ आस र बाच्ने आधारको दिन पनि सुरु हुन्छ’ उनले रुँदै थपिन् ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन । मिडियाले पनि बाबालाई नछुटाउन भन्नु भएको छ । तर, श्रीमान्ले अहिलेसम्म एकजोर कपडा पनि किनिदिएको छैन ।’ दुःख सुख गरेर पनि छोरीको सबै चाहना आफूले पुरा गर्ने उनले सुनाइन् । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका जेरी र शंकरको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन