१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभोर्सको कारण खोल्दै जेरीले भनिन्, ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन’

२५ कार्तिक २०७९, शुक्रबार ०८:३७

कात्तिक २५, काठमाडौँ | लोक गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीको पछिल्लो व्यवहारले उनले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको छर्लंग भएको बताएकी छन् । धेरै अगाडिदेखि आफुहरुको सम्बन्धमा चिसोपन आए पनि छोरी लगायत विभिन्न कारणले सम्बन्ध जोगाउँदै आएको प्रष्ट्याउँदै उनले दशकौँ लगाएर बनाएको इज्जतमा श्रीमान् शंकरको पछिल्लो व्यवहारले दाग लागेको बताइन् ।


बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा सम्बन्ध टुङ्ग्याएकी जेरीले डिभोर्स रहर नभएर बाध्यता भएको बताएकी थिइन् । ‘मैले कमाएको पैसा श्रीमान् र उनको आमाको नाममा राख्नुपर्ने, उनीहरुको नाममा जग्गा जमिन किन्नुपर्ने वाध्यता थियो’ उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिन भन्दा डिसकस सधैँ डिसकस हुन्थ्यो ।’ आफूले कमाएको पैसा श्रीमान् र श्रीमान्का परिवारले नपाएर नै आफ्नो सम्बन्ध डिभोर्सको स्थितिमा पुगेको जेरीले खुलाइन् ।

काठमाडौँ जिल्ला अदालतमा आधिकारिक डिभोर्सको केही क्षण अगाडि एक अनलाइन टिभीसँग कुरा गर्दै उनले श्रीमान् शंकरसँग डिभोर्स गर्नुको सबै कारण समेत खोलेकी छन् । आफ््नो डिभोर्सको कारण श्रीमान्को चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।

‘मलाई चरित्रसँग जोडेर मानसिक टर्चर समेत गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरुसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो ’ जेरीले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।’ करिब ७ वर्ष प्रेम र वैवाहिक जीवन टुङ्ग्याएकी जेरीले डिभोर्सको दिन जीवनकै खराब दिनको रूपमा लिएको बताइन् । 

‘अहिलेको सम्बन्ध टुङ्गिए पनि नयाँ आस र बाच्ने आधारको दिन पनि सुरु हुन्छ’ उनले रुँदै थपिन् ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन । मिडियाले पनि बाबालाई नछुटाउन भन्नु भएको छ । तर, श्रीमान्ले अहिलेसम्म एकजोर कपडा पनि किनिदिएको छैन ।’ दुःख सुख गरेर पनि छोरीको सबै चाहना आफूले पुरा गर्ने उनले सुनाइन् । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका जेरी र शंकरको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन