कात्तिक २८, काठमाडौं | पाहुना आएका मामाको हत्या आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आइतबार राति उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।

हत्या गरेको अभियोगमा प्रहरीले उनका भान्जा २२ वर्षीय सुजन पाचकोटीलाई नियन्त्रणमा लिएको छ। घरायासी बादविवादको क्रममा २७ कात्तिक साँझ उर्लाबारी ८ घर भएका भान्जा सुजनले मामा काजीलाई धारिलो हतियार टाउकोमा प्रहारगरि घाइते बनाएका थिए ।
उनको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टरमा उपचारका क्रममा २८ कार्तिक बिहान १ बजे मृत्यु भएको थियो । मामाको मृत्यु भएपछि भान्जा सुजनलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।