१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज देशका यी ठाउँमा वर्षा र हिमपातको सम्भावना !

२९ कार्तिक २०७९, मंगलवार ०६:५९

कात्तिक २९ काठमाडौँ | आज देशका विभिन्न स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना छ। आज लगायत आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । 


साथै बुधबार र बिहीबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको संभावना रहेको विभागको बुलेटिनमा जनाइएको छ।

केही स्थानमा वर्षा र हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने  हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन