२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्याल र शेर्पाको टोलीद्वारा गाङछेँपो हिमालको सफल आरोहण

२०७९, २९ कार्तिक मंगलवार ०८:४४

कात्तिक २९ काठमाडौँ | नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुम्न सफल हुनुभएको छ ।

चर्चित नेपाली पर्वतारोही सानु शेर्पा र लालबहादुर वाइवाले सिन्धुपाल्चोकतर्फबाट पहिलोपटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिनमै अरू तीनजनाले पनि सो हिमालको चुचुरो चुम्न सफल हुनु भएको हो । 

थप तीन नेपाली आरोही गाङछेँपो हिमालको चुचुरोमा :: सेतोपाटी संवाददाता ::  Setopati

मोगानका महासचिवसमेत रहेका रामकाजीले क्याम्प–१ बाट ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न सफल भएको बताउनुभयो । नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तव्य थपिएको उहाँको भनाइ छ ।

 टोलीद्वारा गाङछेँपो हिमालको रुट पत्ता लगाउँदै केही दिनअगाडि मात्रै आरोही सानु शेर्पा र लाल वाइवाले पहिलोपटक सिन्धुपाल्चोकका तर्फबाट चुचुरोमा पुग्नुभएको थियो ।

पहिलो क्याम्पबाट करिब १२ घण्टा लगाएर नयाँ रुट खुलाउँदै दुई पर्वातारोही टोलीद्वारा सफतापूर्वक आरोहण गर्न सफल भएको कार्यक्रम व्यवस्थापक सञ्जीव गुरुङले बताउनुभयो । सजिलै नयाँ रुट खुलाउँदै चुचुरामा  पुग्न सफल भएको उहाँको भनाइ छ ।


इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी’एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणका लागि अक्टोबर २९ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।

 आरोहण दललाई सहयोग गर्न विश्वको १४ वटा आठ हजार मिटर हिमालको दोहोरो आरोही विश्वप्रसिद्ध नेपाली माउन्टेन गाइड सानु शेर्पा शेर्पाको साथ  रहेको थियो ।

दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर उक्त हिमालको रुट खुलाउने र आरोहण गर्ने योजना बनाएका गरिमा भोयज टुर्स एन्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले बताउनुभयो । 

गरिमा भोयज र न्यू भिजन नेपाल संस्थाले संयुक्तरुपले सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामू ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गरिएको आर्यालको भनाइ छ । गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठित मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ ।

त्यस्तै, अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण सङ्घ, मोगानलगायत विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको साथ थियो । आरोहण टोलीले काठमाडौँदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडी यात्रा गरेका थिए । त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण बेसक्याम्पसम्म पैदल यात्रा गरेका थिए ।

आरोहण टोली काठमाडौँबाट ६ दिनमा बेस क्याम्प पुगेका थिए । १० दिनमा बाटो पहिचान र रोप फिक्सिङ गर्दै गाइड सानु शेर्पा र लाल वाइवा चुचुरोमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन