१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि जनकपुर-जयनगर रेल सेवा बन्द हुने, चार दिनपछि खुल्ने

३० कार्तिक २०७९, बुधबार १०:४२

कात्तिक २९, जनकपुर। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई लक्षित गरेर जनकपुर-जयनगर रेल सेवा बन्द हुने भएको छ। भोलिदेखि चार दिनका लागि बन्द हुने भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन निरञ्जन झाले आज सूचना जारी गर्दै चुनावका कारणले भोलि मङ्सिर १ गतेदेखि ४ गते आइतबारसम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिए।


मङ्सिर ५ गतेदेखि पुनः नियमित रूपमा रेल सेवा सञ्चालन हुने प्रबन्ध सञ्चालक झाले जानकारी दिए। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ। दैनिक रूपमा दुई पटक जनकपुरधामबाट सञ्चालन हुने गरेको छ।

शान्ति सुरक्षाका लागि नेपाल भारतको सीमा नाका मङ्सिर १ गतेदेखि ४ गतेसम्म सिल रहने भएकाले रेल सेवा बन्द गरिएको छ। दुई देशका सुरक्षा अधिकारीहरूको भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको संयुक्त बैठकबाट मङ्सिर ४ गते हुने चुनावलाई दृष्टिगत गरेर सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए।

त्यस कारणले रेल सेवा पनि बन्द गरिएको छ। जनकपुरधामबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन