१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२८ क्षेत्रको अन्तिम परिणाम आउँदा कांग्रेस १४ मा विजयी, अरुको कति ?

७ मंसिर २०७९, बुधबार ०९:५०

मङ्सिर ७, काठमाडौँ । गत आइतबार भएको चुनावको देशभर मतगणना भइरहेको छ । बुधबार दिउँसोसम्म प्रतिनिधिसभाका १६५ मध्ये २८ सिटको अन्तिम नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कांग्रेस सबैभन्दा धेरै १४ सिटमा विजयी भएको छ । उसको अझै ४२ स्थानमा अग्रता छ । 

यस्तै, दोस्रोमा एमाले रहेको छ । उसले ५ स्थानमा जित हात पार्दा ३९ स्थानमा अग्रता छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पार्दा ५ स्थानमा अग्रता लिइरहेको छ । उता माओवादी केन्द्र २ स्थानमा विजयी हुँदा १४ स्थानमा अगाडि छ । 

उता नेकपा एकीकृत समाजवादी १ स्थानमा विजयी हुँदा ७ स्थानमा अगाडि छ । राप्रपा १ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ भने १ सिटमा जित निकालेको नागरिक उन्मुक्ति पार्टी एक स्थानमा अगाडि छ । 

यस्तै, एक जना स्वतन्त्रले पनि चुनाव जितेका छन् । रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र चुनाव जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा