१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहटमा आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु

८ मंसिर २०७९, बिहीबार ०७:१५

मंसिर ८, काठमाडौं । रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ।

गौर नगरपालिका-१ माईस्थान चौकस्थित इस्लाम कपडा-डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

मृत्यु हुनेमा मो.इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन्।

एसपी बुढामगरका अनुसार तीनजना घाइते भएका छन्।

इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको एसपी बुढामगरले बताए।

घाइतेहरूको गौर अस्प्तालमा उपचार भइरहेको छ।एसपी बुढामगरका अनुसार आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए।

'गएराति मिया परिवारमा एकजना बच्चाको न्वारन रहेछ,' उनले भने, 'दिप बालेर वा विद्युत शर्ट भएर घटना भएको हुनसक्छ।' 

घटनामा करिब ४० लाखको क्षति भएको एसपि बुढा मगरले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा