१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : वरिष्ठ नेता पौडेल

८ मंसिर २०७९, बिहीबार ११:४०

मंसिर ८, काठमाडौं | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ ।

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उहाँले पार्टी सङ्गठनभित्र पार्टीको सिद्धान्त, आदर्श र निष्ठाको अभियानलाई अगाडि बढाउन आगामी दिनमा अझ बढी सक्रिय रहने उल्लेख गर्नुभएको छ ।“संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समावेशीता र आर्थिकरूपमा समृद्ध नयाँ नेपाल निर्माणमा यसपटक प्राप्त गरेको जनादेशले स्पष्ट सन्देश दिएको मैले महसुस गरेको छु”, वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ ।


यस निर्वाचनमा जनताद्वारा तनहुँ जिल्लाको विकासको जिम्मा गठबन्धनलाई प्राप्त भएको महसुस गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनले दिएको सन्देशको गम्भीर विश्लेषण गरी आजको आवश्यकता सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा तनहुँको प्रतिष्ठाजनक भूमिका स्थापित गर्दै समग्र मुलुक र तनहुँ जिल्लाको विकास गर्न आम जनताको साझा प्रतिनिधिका रूपमा कार्य गर्ने र देशलाई सुशासन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले यस निर्वाचनलाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका सबै कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा गठबन्धनका सहयात्री दललगायत आम तनहुँबासीलाई समेत आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा