१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँचितुवाको तस्बिर फेक पुष्टि,फोटोग्राफर कित्तियाले बन्द गरिन् सामाजिक सञ्जाल

११ मंसिर २०७९, आईतवार ०६:१८

मंसिर ९, काठमाडौं | अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमालका आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही अभूतपूर्व तस्बीरहरू सम्पादित वा फेक भएको कुरा बाहिरिएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब भएकी छन् । इन्स्टाग्राम र फेसबुकमा उनका खाता बन्द भइसकेका छन् । उनको वेबसाइट भने उपलब्ध छ जहाँ उनले हिउँ चितुवाका तस्बीर खिच्दाको क्षण र यात्रा वर्णन गर्दै लेखेको ‘घोस्ट अफ द हिमालयज’ शीर्षकको अझै पनि छँदै छ।


कित्तियाले खिचेको भनिएका तस्बीरहरू केही दिनअघि मात्रै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भाइरल भएका थिए । सबैको वाहवाही पाएका ती तस्बीरहरू सम्पादित तस्बीरहरूको मोन्टाज भएको एक तथ्य जाँच संस्थाको विस्तृत रिपोर्टले सार्वजनिक गरेको छ । फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले सार्वजनिक गरेको रिपोर्ट अनुसार तस्बीरहरू अविश्वसनीय रूपमा सम्पादित, हेरफेर गरिएको र नमिलेको पाइएको छ । तथ्य जाँचका क्रममा लेखकहरूले हिउँ चितुवा विज्ञसँग कुराकानी गर्दा हिउँ चितुवा हिमनदीमा त्यसरी नबस्ने पनि खुलाशा भएको छ । उनीहरूले प्रष्ट लेखेका छन्, कित्तियाले विश्वलाई आश्चर्यचकित पार्ने गरी सार्वजनिक गरेको उक्त तस्वीरहरूमध्ये कम्तीमा तीनवटा फेक वा सम्पादित फोटोमोन्टाज हुन् ।

तथ्य जाँच गर्नेहरूमध्ये एक, फोटोग्राफर भिन्सेन्ट मुनियरले तस्बीरहरू फोटोसपजस्ता सफ्टवेयरहरूको प्रयोग गरेर बनाइएको सिर्जनात्मक प्रस्तुति भएको बताएका छन् । ‘मलाई यस्तो किसिमको सिर्जनासँग कुनै आपत्ती छैन,’ उनले भनेका छन्, ‘तर सत्यतथ्य लेखिनुपर्यो । कित्तियाले ती सिर्जनाहरूलाई आफैंले खिचेको वास्तविक तस्बीर भन्दै दाबी गर्नु गलत हो ।’ कित्तियाले चाहिँ आफूले तस्बीर सम्पादन गर्ने गरेको भए पनि हिउँ चितुवाका तस्बीर भने सम्पादन नगरिएको भन्दै शनिबार बिहान फेसबुक र इन्स्टाग्रामका पूराना पोस्ट सम्पादन गरेकी थिइन् । त्यसको केही बेरपछि उनका सामाजिक सञ्जाल खाता ‘अनअभाइलेबल’ देखिएका छन् ।

तथ्य जाँचमा संलघ्नहरूले तस्बीरहरूको प्रकृती, संयोजन, प्रकाश, स्थान र मुख्यतस् तस्बीरको सत्यतामा नै गम्भिर समस्या रहेको औंल्याएका छन् । अमेरिकी फोटोग्राफर भनिएकी कित्तियाकै बारेमा फोटोग्राफी अथवा हिमाली र वन्यजन्तु फोटोग्राफी क्षेत्रका कसैले पनि अहिलेसम्म नसुनेको उल्लेख गरिएको छ । आफ्नो करियर नै वन्यजन्तुरहिमाली फोटोग्राफी र हिउँ चितुवाको खोजीमा बिताएका वरिष्ठ फोटोग्राफरहरूले यी तस्बीरहरू प्राविधिक र प्राकृतिक रूपमै असत्य रहेको आधारहरू पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह