१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मत अपडेट: सिके राउत नेतृत्वको जनमत पार्टीले उछिन्यो एकीकृत समाजवादीलाई

११ मंसिर २०७९, आईतवार ०८:२०

मङ्सिर ११, काठमाडौँ | नेकपा एकीकृत समाजवादी(एस) राष्ट्रिय पार्टी बन्ला/नबन्ला भन्ने चर्चा चलिरहँदा सिके राउत नेतृत्वको जनमत पार्टीले नेकपा एसलाई उछिनेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारीअनुसार जनमत पार्टी नेकपा एसभन्दा ६ सय बढी मतले अगाडि छ । 

हालसम्म ८४ लाख ८४ हजार २६ मतको गणना भएको छ । जसमा जनमत पार्टीले २ लाख २९ हजार ३११ मत ल्याउँदा नेकपा एसले २ लाख २८ हजार ७०२ मत पाएको छ । योसँगै जनमत पार्टी प्रतिनिधिसभा समानुपातिकतर्फको सूचीमा सातौं स्थानमा उक्लिएको छ । 

नेकपा एमाले २३ लाख बढी मतले शीर्ष स्थानमा छ भने उसलाई पछ्याइरहेको नेपाली कांग्रेस २२ लाख बढी मतसहित दोस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्र ९ लाख ७८ हजार १०४ मत ल्याएर तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८९९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ८८ हजार १५० मत छ । ऊ पाँचौँ स्थानमा छ । 

अहिलेसम्म शीर्ष पाँच दल राष्ट्रिय दल भइसकेका छन् भने नागरिक नेकपा एस, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत राष्ट्रिय दल बन्ने–नबन्नेमा यकिन छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै