२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मत अपडेट: सिके राउत नेतृत्वको जनमत पार्टीले उछिन्यो एकीकृत समाजवादीलाई

२०७९, ११ मंसिर आईतवार ०८:२०

मङ्सिर ११, काठमाडौँ | नेकपा एकीकृत समाजवादी(एस) राष्ट्रिय पार्टी बन्ला/नबन्ला भन्ने चर्चा चलिरहँदा सिके राउत नेतृत्वको जनमत पार्टीले नेकपा एसलाई उछिनेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारीअनुसार जनमत पार्टी नेकपा एसभन्दा ६ सय बढी मतले अगाडि छ । 

हालसम्म ८४ लाख ८४ हजार २६ मतको गणना भएको छ । जसमा जनमत पार्टीले २ लाख २९ हजार ३११ मत ल्याउँदा नेकपा एसले २ लाख २८ हजार ७०२ मत पाएको छ । योसँगै जनमत पार्टी प्रतिनिधिसभा समानुपातिकतर्फको सूचीमा सातौं स्थानमा उक्लिएको छ । 

नेकपा एमाले २३ लाख बढी मतले शीर्ष स्थानमा छ भने उसलाई पछ्याइरहेको नेपाली कांग्रेस २२ लाख बढी मतसहित दोस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्र ९ लाख ७८ हजार १०४ मत ल्याएर तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार ८९९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ८८ हजार १५० मत छ । ऊ पाँचौँ स्थानमा छ । 

अहिलेसम्म शीर्ष पाँच दल राष्ट्रिय दल भइसकेका छन् भने नागरिक नेकपा एस, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत राष्ट्रिय दल बन्ने–नबन्नेमा यकिन छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन