२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० वर्षसम्म फ्रिजमा भ्रूण राखेर अमेरिकामा जन्माइयो जुम्ल्याहा

२०७९, १२ मंसिर सोमबार ०८:४०

एजेन्सी | चिकित्सा विज्ञानका कैयन् प्रक्रियाहरु यतिधेरै चमत्कारिक छन् कि आम मानिसलाई त्यसमाथि विश्वास गर्न पनि गाह्रो पर्दछ । गतहप्ता अमेरिकामा जन्माइएका जुम्ल्याहा बच्चाले सबैको ध्यान तानेका छन् ।

हुनत जुम्ल्याहा बच्चा जन्मिनु कुनै चमत्कार होइन । तर अमेरिकामा जन्माइएका ती जुम्ल्याहा बच्चाको भ्रूण ३० वर्षसम्म फ्रिज गरेर सोही भ्रूणबाट बच्चा पैदा गरिएको छ ।


अमेरिकाको टेनिसीमा करीब ३० वर्षअघि डाक्टरहरुको एक समूहले जुम्ल्याहाको भ्रूण फ्रिज गरेका थिए । सन् १९९२ को अप्रिलमा एक जोडीले आइभिएफको सहयोगमा उक्त भ्रूण बनाएका थिए । त्यसपछि सो भ्रूणलाई लिक्विड नाइट्रोजनमा -१९६ डिग्री सेल्सियसमा सुरक्षित राखिएको थियो । त्यसयता ती भ्रूण जमेका थिए ।

अहिले सोही भ्रूणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन् । वास्तवमा त्यसबेला टेनिसीमा नेशनल एीम्ब्रयो डोनेसन सेन्टरलाई सो भ्रूण दान गरिएको थियो । यति लामो समयसम्म कुनै पनि भ्रूणलाई फ्रिज गरेर राख्नुर त्यसबाट सफलतापूर्वक बच्चाको जन्म गराउनु नयाँ रेकर्ड हो ।

यसअघि सन् २०२० मा यहीँ प्रक्रियाबाट २७ वर्ष पहिले फ्रिज गराइएका भ्रूणबाट बच्चा जन्माइएको थियो । अहिले ३० वर्ष पूरानो भ्रूणले त्यसको रेकर्ड तोडेको छ ।

चार सन्तानकी आमा रेशेल रिजवेले ३० वर्ष पूरानो भ्रूणलाई आफ्नो गर्भमा राखेर जुम्ल्याहा बच्चा जन्माएकी छिन् । जुम्ल्याहा बच्चाको लिडिया र टिमोथी राखिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन