१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी कुराप्रति सावधान हुनुहोस्…

१२ मंसिर २०७९, सोमबार १६:३१

मङ्सिर १२, काठमाडौँ । तपाइँले बेलैमा ख्याल गर्नुभएन भने सानो प्रलोभनमा पर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आइपर्न सक्छ । त्यसैले समयमै सचेत हुन केही कुराहरूमा ध्यान दिनैपर्छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले यसरी सावधानी नअपनाउँदा मानिसहरू ठगीमा परेको जनाउँदै सचेत हुन आम नागरिकलाई केही टिप्सहरू दिएको छ । ती कुरामा थोरै मात्रै ख्याल गर्न सकियो भने पनि ठूलो क्षति हुनबाट जोगिन सकिने ब्यूरोले जनाएको छ । 

ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले विगत केही समयदेखि  आपराधिक समूह तथा व्यक्तिले प्रविधिको दुरुपयोग गरी विभिन्न बहानामा अनलाइनबाट ठगी गरिरहेको र उक्त अपराधमा दैनिक वृद्धि भइरहेको पाइएकाले सचेत रहन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । 

उहाँले अनलाइनमा चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लियरेन्स गर्नुपर्ने बहाना बनाई रकम माग गरेमा विशेष सावधानी रहन र प्रहरीमा खबर गर्न आग्रह गर्नुभएको छ । 

ब्यूरोले तपाइँको नाममा अनलाइनमा चिठ्ठा पर्यो भनी विभिन्न बहानामा रकम माग गरेमा, सामाजिक सञ्जाल ट्र्याक गरी उक्त सञ्जालका प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी रकम माग गरेमा, साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटिपी कोड माग गरी खाताबाट रकम निकाल्ने जस्ता गतिविधिबाट समेत हुन पनि अनुरोध गरेको छ । 

यस्तै अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले नै रकम असुल गरी सामान आपूर्ति गर्ने, सामाजिक सञ्जालमा प्रेममा पारेर बैंकको खाता खोल्न लगाई एटिएम कार्ड र ओटिपी कोडलगायतको विवरण लिने, भिडियो भाइरल गरिदिन्छु भनी रकम माग गर्ने तथा क्रिप्टोकरेन्सी वा क्वाइनमा लगानी गरे आर्थिक लाभ हुन्छ भनी रकम माग गर्नेजस्ता गतिविधिप्रति पनि सचेत रहन ब्यूरोले सबैमा अनुरोध गरेको छ । 

यस्ता गतिविधिका कारण रकम ठगीमा पर्ने गरेका व्यक्तिको उजुरी प्रहरीमा आइरहेको र त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै